पोखरामा विप्लव नेतृत्वको मसाल जुलुसको तयारी
पाेखरा | मंसिर १९, २०८०
तस्बिर फाइल
पोखरा: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा आज पोखरामा मसाल जुलुसको तयारी गरेको छ ।
काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मंसिर १८ गते महासचिव विप्लवसहितका नेताहरुलाई प्रकाउ पुर्जी जारी गरेको विरोधमा केन्द्रको सर्कुलर अनुसार आज पोखराको लखनचोकमा मसाल जुलुस निकाल्ने कार्यक्रम तय भएको कास्कीका एक नेताले सुनगाभा न्यूजसँग बताए ।
‘जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मंसिर १८ गते महासचिव विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ’, ती नेताले भने, ‘पक्राउ पुर्जी जारी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य हो, त्यसको विरोध स्वरुप केन्द्रले संघर्षको कार्यक्रम घोषणा गरेको छ त्यसैअनुसार हामीले पनि पोखरामा मसाल जुलुस निकाल्न लागेको हो ।’
उनका अनुसार मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...
काठमाडौं: नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...

